माओवादीले पुनः मतगणनाको माग गरेपछि गरुडा नगरपालिकाको मतगणना अवरुद्ध
रौतहटको गरुडा नगरपालिका वडा नम्बर ३ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारले एक मत बढी ल्याएर निर्वाचित भएपछि माओवादी केन्द्रले पुनः मतगणनाको माग गरेको छ ।
पुनः मतगणनाको माग गर्दै माओवादी केन्द्रले विवाद गरेपछि गरुडा नगरपालिकाको मतगणना आज विहानदेखि नै अवरुद्ध भएको हो ।
मुख्य निर्वाचन अधिकृत नवीनकुमार जोशीले वडा नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार कृष्णकुमार सहनीे ३०८ मत प्राप्त गरी निर्वाचित भएको र उनकी निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रकी शैलदेवी सहनीले ३०७ मत प्राप्त गरेको बताए ।
यता माओवादी केन्द्रका नेता–कार्यकर्ताहरु भने उक्त परिणाम आफूहरुले नमान्ने भन्दै पुनः मतगणना हुनुपर्ने अडानम छन् ।
वडा नम्बर ३ को पुनः मतगणना नहुँदासम्म अन्य वडाको पनि मतगणना अगाडि बढाउन नपाइने माओवादी अडानले मतगणना अवरुद्ध भएको हे ।
मतगणनास्थल नमूना मावि गरुडाको अगाडि माओवादी कार्यकर्ताहरुले प्रदर्शन गरेका छन् ।
माओवादी केन्द्रबाट मेयरका उम्मेदवार विपिनकुमार जयसवालले माओवादीले जितेकोमा झेल गरेर कांग्रेसलाई जिताएको आरोप लगाए ।