वीरगञ्ज महानगरमा राजपालाई पछ्याउँदै कांग्रेस
वीरगञ्ज महनगरपालिकामा राजपाले अग्रता कायम गरेको छ ।
राजपाका उम्मेदवार राजमान सिंहले १,२७१ मत प्राप्त गरेका छन् भने उनलाई पछ्याउँदै नेपाली कांग्रेसका अजयकुमार द्विवेदीले १,०६३ मत प्राप्त गरेका छन् ।
त्यसैगरी संघीय समाजवादी फोरमका विजय सरावगीले ५८२ मत प्राप्त गरी अहिलेसम्म तेस्रो स्थानमा छन्. ।
एमालेका वसरुद्दिन अन्सारीले ४६५ मत प्राप्त गरी चौथो स्थानमा छन् भने माओवादी केन्द्रका रहबर अन्सारीले ४४५ मत प्राप्त गरेका छन् ।
छैठौं स्थानमा ३२५ मत प्राप्त गरी नेपाल लोकतान्त्रिक फोरमका विमल श्रीवास्तव छन् ।
जियालाल साह, वीरगञ्ज