मेक्सिकोमा शक्तिशाली भूकम्प, कम्तीमा २२६ को मृत्यु
मेक्सिकोमा गएको शक्तिशाली भूकम्पबाट करिब कम्तीमा पनि २२६ जनाको मृत्यु भएको छ ।
स्थानीय अधिकारीहरुले मृतकको संख्या अझै धेरै बढ्ने जनाएका छन् ।
उक्त भूकम्पको तीब्रता ७.१ म्याग्निच्यूड भएको र केन्द्रविन्दु पोएब्ला राज्यको एटेंसिगो नजिक भएको अमेरिकी भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पबाट राजधानी मेक्सिको सिटी, मोरेलोस र पोएब्ला राज्यमा पनि ठूलो क्षति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
मेक्सिकोमा ३२ वर्ष अगाडि आजकै दिन १९ सेप्टेम्बरमा पनि ठूलो भूकम्प जाँदा करिब १० हजार मानिस मारिएका थिए
मेक्सिको सिटीमा बिजुली र टेलिफोन सेवा अवरुद्ध भएको छ । अधिकारीहरुले ग्यासलाइनहरु फुटेको हुनसक्ने भन्दै सचेत रहन आग्रह गरेका छन् ।
संसारमै सबभन्दा जनघनत्व धेरै भएको मेक्सिको सिटीमा दुई करोड मानिस बसोबास गर्छन् ।
मेक्सिकोको दक्षिणी भागमा यसै महीना ८.१ म्याग्निच्यूडको भूकम्प जाँदा करिब ९० जनाको मृत्यु भएको थियो ।
*अपडेट गरिएको