जीतपुरमा एमाले र कलैयामा फोरमको अग्रता
स्थानीय तह निर्वाचनको तेस्रो चरण अन्तरगत प्रदेश–२ का आठमा जिल्लाका १३५ स्थानीय तहमा मतगणना जारी रहेको छ ।
४ असोज बिहानको मतगणना परिणाम अनुसार, बाराको जीतपुर सिमरा उप–महानगरपालिकामा नेकपा (एमाले)ले अग्रता लिएको छ । मेयरमा एमाले २५१४, नेकपा (माओवादी केन्द्र) १९०३ र नेपाली काँग्रेस १८४६ मत पाएका छन् । त्यस्तै उपमेयरमा एमाले २२०१, काँग्रेस १९४१ र माओवादी केन्द्र १७३२ मत पाएका छन् ।
यस्तै कलैया उपमहानगरपालिकामा मेयरमा संघीय फोरम ७०५, एमाले ५७२ र काँग्रेस ४०१ मत पाएको छ भने उपममेयरमा संघीय फोरम ६८३, एमाले ५२४ र काँग्रेस ३९० रहेका छन् ।
त्यस्तै निजगढ नगरपालिकामा मेयरमा काँग्रेस ८००, एमाले ६०० मत पाएका छन् । बाराकै कोल्हवी नगरपालिकामा मेयरमा काँग्रेस ५३६ र एमाले २५६ तथा उपमेयरमा काँग्रेस ४५२ र एमाले ३८० मत रहेको छ ।
सिम्रौनगढ नगरपालिकामा मेयरमा संघीय फोरम १६८९, काँग्रेस १२४२, राजपा १२२५ तथा उमपमेयरमा संघीय फोरम ७३२, राजपा ५५९ र काँग्रेसको ५०१ मत रहेको छ ।
महागढीमाई नगरपालिकामा मेयरमा काँग्रेस ६६३, राजपा ३५३, संघीय फोरम २१२ र माओवादी केन्द्र १०५ मत छ । यसैगरी पचरौता नगरपालिकामा मेयरमा राजपा १००३, एमाले १००१, संघीय फोरम ४७३ मत छ भने उपमेयरमा एमाले १०६८, राजपा ९३८ र संघीय फोरमको ५०५ मत रहेको छ ।
आदर्श कोतवाल गाउँपालिकामा अध्यक्षमा एमाले ८१६, राजपा ४७४, काँग्रेसको ४५२ छ भने उपाध्यक्षमा एमाले ७१२, राजपा ४८८, संघीय फोरम ४०८ र काँग्रेस ३६३ मत रहेको छ ।
बारागढी गाउँपाकिलामा अध्यक्षमा काँग्रेसको ५४९, संघीय फोरमको ४८२, एमालेको ४३० तथा उपाध्यक्षमा काँग्रेस ५५९, एमाले ४४९ र संघीय फोरम २२१ मत रहेको छ ।
-श्याम गुप्ता, बारा