लहान नगरपालिकाको मतगणना अवरुद्ध
संघीय समाजवादी फोरमका प्रतिनिधिले वडा नं. ३ को हालसम्म भएको गणना पुन: गर्नुपर्ने भन्दै विवाद गरेपछि लहान नगरपालिकाको मतगणना अवरुद्ध भएको छ ।
लहान नगरपालिका–३ को मतगणनाका क्रममा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवारले केही मतको अग्रता लिएपछि संघीय समाजवादी फोरम नेपालका प्रतिनिधिले पुनः मतगणनाको माग गर्दै विरोध गर्दा उत्पन्न विवादले मतगणना अवरुद्ध भएको हो ।
विवाद मिलाउने प्रयास भइरहको र चाँडै मतगणना शुरु गरिने लहान नगरपालिकाको सहायक निर्वाचन अधिकृत पवन गुप्ताले जानकारी दिएका छन् ।