राजबिराजबाहेक सबै स्थानीय तह मतगणना जारी
प्रदेश नम्बर दुईका आठ जिल्लाका १३६ वटा स्थानीय तहका लागि २ असोजमा भएको निर्वाचनमा राजबिराज नगरपालिका बाहेक सबै स्थानीय तहमा मतगणना जारी छ ।
राजविराज नगरपालिकाको वडा नं. १५ का राष्ट्रिय जनता पार्टीका वडाध्यक्षका उम्मेदवारको निधन भएकाले उक्त वडामा ५ असोजमा मतदान भएपछि मात्रै राजबिराज नगरपालिकाको मतगणना कार्य सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।