सबै स्थानीय तहमा सरसफाईदूत पठाउने
खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादवले मुलुकका सबै स्थानीय तहमा सरकारले सरसफाई दूत पठाउने तयारी गरिसकेको बताएका छन् ।
३ असोज बिहान झापाको दमकमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री यादवले आफु खानेपानी तथा सरसफाई मन्त्री भएपछि त्यस्ता दूत पठाउने निर्णय गरेको सुनाउँदै थपे, “इच्छुक सेलिव्रेटी, विभिन्न क्षेत्रका विज्ञ, पूर्व अधिकारी आदिलाई सरसफाई दूतको रुपमा पठाइनेछ ।”
उनले त्यस्ता दूतहरु स्थानीय तहमा कुन मितिमा पुगिसक्छन् भन्ने चाहीँ बताएनन् ।
चर्पी बनाउने, चर्पीमा मात्र दिसा पिसाव गर्ने, दिसा धोएपछि सावुन पानीले हात धुने जस्ता आदत सबैमा बसाल्न निकै गाह्रो रहेको बताए ।
गोपाल गडतौला, झापा