ठोरी–१ मा माओवादीका उम्मेदवार निर्वाचित
पर्साको ठोरी गाउँपालिका वडा नं. १ को अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् ।
ठोरी–१ मा माओवादी केन्द्रका रामप्रकाश कुँवर वडा अध्यक्षमा निर्वाचित भएका हुन् । कुँवरले ६०८ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनलाई नेपाली कांग्रेसको समेत समर्थन थियो ।
कुँवरका प्रतिद्वन्द्वी एमालेका मीनबहादुर गुरुङले ४४१ मत प्राप्त गरेका छन् ।
कुँवर सहित वडामा कांग्रेस–माओवादी गठबन्धनको प्यानलले जित हासिल गरेको छ ।