देउवा मन्त्रिपरिषद् ५६ सदस्यीय
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
देउवाले आज राप्रपा प्रजातान्त्रिकबाट विराज विष्टलाई विज्ञान प्रविधि र कमला शर्मालाई वन राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
आजको विस्तारसँगै देउवा मन्त्रिपरिषद् ५६ सदस्यीय पुगेको छ ।
नवनियुक्त राज्यमन्त्रीले आजै पद तथा गोपनियताको सपथ लिएका छन् ।