थप समाचारसोमबार, २ आश्विन , २०७४

सप्तरीमा नक्कली मतदाता पक्राउ

हिमालखबर

प्रदेश नं. २ मा भइरहेको तेस्रो चरणको स्थानीय तह निर्वाचनमा सप्तरीको शम्भुनाथ नगरपालिकाबाट एक नक्कली मतदाता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही ठाउँका १९ वर्षीय सञ्जय चौधरी रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

सञ्जय दुर्गानन्द चौधरीको नामबाट मतदान गर्न पुगेको प्रहरीले जनाएको छ ।

प्रदेश नं २ का आठ जिल्लामा आज मतदान भइरहेको छ । रासस

 

प्रतिकृया दिनुहोस