दिउसोसम्म ५३ प्रतिशत मतदान
प्रदेश–२ को स्थानीय तह तेस्रो चरणको निर्वाचनमा २ असोज दिउसो १ बजेसम्म आठ जिल्लाका १३६ वटा स्थानीय तहमा १ बजेसम्मकरिब ५३ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन परिचालन केन्द्रका अनुसार, सप्तरीमा ५० प्रतिशत, सिरहामा ५० प्रतिशत, धनुषामा ४५ प्रतिशत, रौतहटमा ६० प्रतिशत, महोत्तरीमा ५० प्रतिशत, बारामा ५० प्रतिशत, पर्सामा ५५ प्रतिशत र सर्लाहीमा ६० प्रतिशत मतदान भएको छ ।
अपराह्न ५ बजेसम्म निर्वाचन अधिकृतले तोकेको क्षेत्रभित्र प्रवेश गर्ने मतदाताहरूले मतदान गर्न पाउने आयोगले जनाएको छ ।