थवाङका अध्यक्ष घर्ती अपहरणमुक्त
रोप्लाका थवाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्ती ३१ भदौ राति अपहरण मुक्त भएका छन ।
नेपाल कम्युनिष्ट पार्टी, रोल्पाले उनलाई अपहरण गरेको थियो । रोल्पा नगरपालिका धनभनेबाट अध्यक्ष घर्ती सम्र्पकमा आएको जिल्ला प्रहरी कार्यालय, रोल्पाले जनाएको छ ।
उनी अपहरणमा परेपनि ३१ भदौमा थवाङ गाउँपालिकाको गाउँसभा आयोजना गरिएको थियो । सभालाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गरेका थिए ।
-जीवन डाँगी, रोल्पा