हाइस र ट्रक ठोक्किदा शिशुको मृत्यु, १७ घाइते
सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको हाइस र नेपालगञ्जबाट सुर्खेत आउदै गरेको मिनि ट्रक एक–आपसमा ठोक्किदा एक शिशुको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।
३१ भदौमा सुर्खेतबाट नेपालगञ्ज जादै गरेको बा. ४ ख. १६२८ नम्बरको हाइस र नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको से.१ ख. १४५३ नम्बरको मिनि ट्रक हर्रेमा एक–आपसमा ठोक्किएका थिए ।
हाइसमा सवार कालिकोटको खडाच्रक नगरपालिका–१ का एक महिनाका एलिज शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सुर्खेतले जनाएको छ । उनको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा हाईसमा सवार गरेका १७ जना घाईते छन् । जसमध्ये ७ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रहरी निरीक्षक रेशम बोहोराले बताए । घाइतेहरु ११ जनाको कोहलपुर मेडिकल कलेज र ६ जनाको नेपालगञ्ज नर्सिङ्ग होममा उपचार भइरहेको छ ।
-लक्ष्मी भण्डारी, सुर्खेत