नेपाल एसिया कप च्याम्पियन
यू-१९ एसिया कप क्रिकेट प्रतियोगिता (पूर्वि एसिया क्षेत्रीय) को उपाधि नेपालले जितेको छ । यो जितसँगै नेपाल एसीसी यू-१९ एसिया कप प्रतियोगिताका लागि छनौट भएको छ ।
१ असोजमा मलेसियामा भएको फाइनल खेलमा हङकङलाई पाँच विकेटल पराजित गर्दै नेपालले उपाधि जितेको हो । हङकङले दिएको ७७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १४.४ ओभरमै पाँच विकेट गुमाएर उपाधि जितेको हो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २२, सन्दीप सुनारले १९ र अनिलकुमार शाहले १६ रन बनाएका थिए ।
यस अघि टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले ३२.१ ओभरमा सबै विकेट गुमाएर ७६ रन बनाएको थियो । नेपालका लागि सहाब आलम र सन्दीप लामिछानेले ३/३ विकेट लिएका थिए ।
प्रतियोगितामा पूर्वि एसियाका १० देशको सहभागिता रहेको थियो ।