फाइनलमा नेपाललाई ७७ रनको लक्ष्य
यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा हङकङले नेपाललाई ७७ रनको लक्ष्य दिएको छ ।
मलेसियामा भइरहेको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङका लागि हरिप्रित सिंहले २० रन बनाए । नेपालका लागि सहाब आलम र सन्दीप लामिछानेले ३/३ विकेट लिए ।
प्रतिउत्तरमा नेपालको शुरुआत पनि राम्रो रहेन् । नेपालले पहिलो विकेट १० रनमा आषिफ सेखका रुपमा झरेको छ । नेपालले ५ ओभरमा २५ रन बनाएको छ ।