एनआरएनको अध्यक्षमा भवन भट्टको उम्मेदवारी घोषणा
गैरआवासीय नेपाली संघ (एनआरएन)को अध्यक्षमा वर्तमान उपाध्यक्ष भवन भट्टले उम्मेदवारी घोषणा गरेका छन ।
आज पत्रकार सम्मेलनमार्फत भट्टले एनआरएनको आगामी कार्यकालका लागि उम्मेदवारी घोषणा गरेका हुन ।
उम्मेदवारीसँगै भट्टले एनआरएनमा आबद्ध वैदेशिक रोजगारीमा रहेका नेपालीको बीमा गर्ने, महिला फोरमलाई सशक्त बनाउने, ‘स्टर्टअप फन्ड’को व्यवस्था गर्ने लगायतका योजना समेत अघि सारेका छन ।
त्यस्तै नेपालमा लगानी भित्र्याउने तथा सामुहिक लगानीको योजनालाई प्राथमिकता दिइने भट्टले जनाएका छन ।
उनले यसअघि एनआरएन जापानको अध्यक्ष तथा एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषदको कोषाध्यक्षका रुपमा पनि काम गरिसकेका छन् ।