बस र ट्रक जुध्दा १७ घाइते
चितवनको नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ५ ख ३२३५ नम्बरको यात्रु बससँग हेटौँबाट नारायणगढ जाँदै गरेको ना ३ ख ४८८४ नम्बरको ट्रक आज अपराह्न हेटौँडा–नारायणगढ सडकखण्डको रजैयामा ठोकिँदा १७ यात्रु घाइते भएका छन् ।
घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई हेटौँडास्थित चुरेहिल अस्पतामा उपचारपछि थप उपचारका लागि चितवन मेडिकल कलेजमा पठाइएको मकवानपुरका प्रहरी नायब उपरीक्षक दिलिपराज झाले जानकारी दिए ।
अन्य घाइतेको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।
रासस