२ असोजमा तराईका आठ जिल्लामा सार्वजनिक बिदा
सरकारले २ असोजमा तराईका आठ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
तेस्रो चरणमा स्थानीय तहको निर्वाचन हुने प्रदेश नम्बर २ का आठ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।
बारा, पर्सा, सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही र रौतहटमा २ असोजमा स्थानीय तहको निर्वाचन हुँदैछ ।