समाचारशुक्रबार, ३० भाद्र , २०७४

बुद्ध एयरले पोखरा–भरतपुर र पोखरा-भैरहवा उडान शुरु गर्‍यो

हिमालखबर

बुद्ध एयरले आजदेखि पोखराबाट भरतपुर र भैरहवामा हवाई उडान शुरु गरेको छ । 

उक्त कंपनीले आज बिहान १० बजे पोखराबाट भरतपुरका लागि पहिलो हवाई उडान शुरु गरेको स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिए । 

त्यस्तै ११:२२ बजे अर्को विमान पोखराबाट भैरहवाका लागि उडेको छ । उन्नाइस सिट क्षमताको सो बिमान पोखराबाट भरतपुर पुग्न १५ मिनेट र पोखराबाट भैरहवा पुग्न १७ मिनेट लाग्ने म्यानेजर बरालले बताए । 

पोखराबाट भरतपुर नेपालीका लागि एकतर्फी भाडा रु .तीनहजार ६०० र विदेशीका लागि ९२ डलर कायम गरिएको छ । त्यस्तै पोखराबाट भैरहवाका लागि नेपालीलाई रु चार हजार २०० र विदेशीका लागि ९७ डलर कायम गरिएको छ । 

यी उडान आजदेखि नियमित हुने बरालले जानकारी दिए ।
रासस 

प्रतिकृया दिनुहोस