समाचारशुक्रबार, ३० भाद्र , २०७४

विद्यार्थी हत्याको आरोपमा चारजना पक्राउ

हिमालखबर

कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालको महाकाली जनसेवा माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत १३ वर्षीय विद्यार्थी तिलक चन्दको हत्याको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मृतककै सहपाठी आशिष अधिकारी, रमेश खड्का, विशाल चन्द र प्रकाश थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले चारैजनालाई हिरासतमा राखी अनुसन्धानको कार्य शुरु गरेको जनाएको छ ।

पक्राउ परेकाले प्रारम्भिक बयानका क्रममा मृतकको कानमा लगाएको सुनको मुन्द्रा लुट्नका लागि हत्या गरेको बयान दिएको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठीले बताए ।

तिलक विद्यालयबाटै २५ भदौमा बेपत्ता रहेका थिए । विद्यालयबाटै बेपत्ता भएका विद्यार्थीको शव खेतमा घाँस काट्न गएका महिलाले खोला किनारामा देखेपछि २८ भदौ राति ८ बजे प्रहरीलाई खबर गरेका थिए । रासस

प्रतिकृया दिनुहोस