विद्युत् प्राधिकरणमा कुलमान घिसिङको एक वर्ष
कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएको एक वर्ष पूरा भएको छ ।
कार्यकारी निर्देशक नियुक्त भएको वर्ष दिन पुगेको अवसरमा आज घिसिङले उपलब्धि र आगामी योजना सार्वजनिक गरेका छन् ।
आज सार्वजनिक गरिएका नयाँ कार्ययोजनाअनुसार अलपत्र रहेका जलविद्युत् आयोजना र प्रसारण तथा वितरण लाइनको काम तीव्र रुपमा अगाडि बढाउने घिसिङले जनाएका छन् ।
घिसिङले पर्याप्त, नियमित, भरपर्दो, गुणस्तरीय र सुरक्षित विद्युत् आपूर्ति गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेका छन ।
त्यस्तै नाफासहितको सक्षम, सबल र सुदृढ प्राधिकरण बनाउने योजना रहेको उल्लेख गरेका छन् ।
एक वर्षे मूख्य उपलब्धि
१ आर्थिक वर्ष ०७२/७३ मा रु. ३ अर्ब ६ करोड ३९ लाख संचालन नोक्सानीमा रहेको प्राधिकरण रु.२ अर्ब ४० करोड ७३ लाख रुपैयाँ सञ्चालन मुनाफा ।
२ १३ वर्षदेखि हुन नसकेको आधिकारिक ट्रेड युनियनको चुनाव सम्पन्न ।
३ ट्रान्सफर्मर र विद्युत पोल तथा टावर बनाउनका लागि छुट्टा–छुट्टै कम्पनी स्थापना ।
४ विद्युत् व्यापारका लागि छुट्टै विद्युत् व्यापार कम्पनीको स्थापना ।
५ संघीय संरचनाअनुसार क्षेत्रीय कार्यालयको स्थापना ।
६ भूकम्पछि बन्द अवस्थामा रहेको स्वदेशी लगानीमा निर्माणाधिन राष्ट्रिय गौरवको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निर्माण सुचारु ।
७ विद्युत माग र आपूर्तिको व्यवस्थापनका लागि १४४ मेगावाटको कालीगण्डकी ए, ७० मेगावाटको मध्यमस्र्याङदी, ६९ मेगावाटको मस्र्याङदी, २२ मेगावाटको चिलिमे जलविद्युत् केन्द्रलाई पिकिङ गरी अधिकतम क्षमतामा सञ्चालन ।
८ करीब ८ प्रतिशत बढी विद्युत् उत्पादन गर्न सफल ।
९ विद्युत चुहावटमा ३ प्रतिशतले कमी ।