मलेशियाः विद्यालयमा आगो लाग्दा २२ विद्यार्थीको मृत्यु
मलेशियाको राजधानी क्वालालम्पुरस्थित एक विद्यालयमा आगलागी हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ ।
मुस्लिम धार्मिक विद्यालय तहफिज दारुल कुरान इत्तिफाकियाको भवनमा आज विहान आगो लागेको थियो ।
मलेशियाली अनलाइन पत्रिका मेलिशाया किनीका अनुसार २२ जना विद्यार्थी र दुई वार्डेनको मृत्यु भएको पुष्टी भइसकेको छ । त्यस्तै कम्तीमा ११ जना घाइते भएका छन् ।
मृत्यु भएका विद्यार्थीहरु १३ देखि १७ वर्ष उमेर समूहका छन् ।
बाहिर निस्कने ढोका भएको कोठाबाट आगो सल्किएकाले भित्र रहेका विद्यार्थीहरु भाग्न नसकेको जनाइएको छ ।