समाचारबिहिवार, भाद्र २९, २०७४

नेपालले सिंगापुरलाई ७ विकेटले हरायो

हिमालखबर

मलेसियामा जारी एसीसी यु–१९ एशिया कप छनोट प्रतियोगितामा नेपालले सिंगापुरलाई ७ विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको छ ।

समूह चरणका यसअघिका सबै खेल जितेको नेपालले अन्तिम खेलमा सिंगापुरलाई हराएर समूह विजेता बनेको हो ।

टस जितेर पहिलो ब्याटिङ रोजेको सिंगापुरले ६७ रनमात्रै बनाएको थियो ।

६८ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको नेपालले १३ ओभर ४ बलमा तीन विकेट गुमाएर लक्ष्य प्राप्त गर्‍यो ।

नेपालका तर्फबाट सन्दिप सुनारले २०, अनिलकुमार शाहले १८, आशिफ शेखले ६ रन बनाए । १० रन बनाएका सुमित महर्जन र ७ रन बनाएका सन्दिप जोरा लक्ष्यप्राप्तिसम्म नै क्रिजमा टिकिरहेका थिए ।

प्रतिकृया दिनुहोस