सुर्खेतमा स्वाइनफ्लूबाट एकको मृत्यु, ४२ जना विरामी
सुर्खेतको गुर्भाकोट–९ मा स्वाइनफ्लूबाट एक जनाको मृत्यु भएको छ भने ४२ जना संक्रमित भएको अनुमान गरिएको छ ।
स्वास्थ्य चौकी सहारेका प्रमुख किरण वलीका अनुसार स्वाइनफ्लूका कारण एक गुर्भाकोट–९ मा महिनाको अवधिमा ३ जनाको मृत्यु भएको छ ।
विरामी परेका ५८ वर्षीय नन्दलाल डाँगीलाई उपचारका लागि भारतको लखनउ पुर्याइएपछि त्यहीँ उपचारका क्रममा उनको मृत्यु भएको थियो । अस्पतालले उनमा स्वाइनफ्लू भएको पुष्टि गरेको छ ।
स्वाइनफ्लूका कारण मृत्यु भएको पुष्टी भएपछि इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाबाट डा.किरण चौलागाई नेतृत्वको टोली गुर्भाकोट आइपुगेको छ ।
स्वाईनफ्लुको संक्रमणको आशंका गरिएकी ५४ वषर््ीाया गिमिसरा डाँगीलाई काडमाडौं टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल लगिएको स्वास्थ्य चौकी सहारेका प्रमुख वलीले बताए ।
जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतका सूचना अधिकारी वसन्तमान श्रेष्ठले पनि स्वाइनफ्लूबाट एक जनाको मृत्यु भएको पुष्टी गरे ।
“स्वाइनफ्लुको संक्रमण देखिएपछि क्षेत्रीय मेडिकल स्टोरबाट औषधिुसहितको टोली प्रभावित क्षेत्रमा पठाइएको छ” उनले भने, “प्रचारमा ल्याउँदा जनतामा त्रास उत्पन्न हुने भएकाले घटना बाहिर नल्याएका हौं ।”
लक्ष्मी भण्डारी, सुर्खेत