समाचारबुधवार, भाद्र २८, २०७४

नारायणगढ—मुग्लिन सडक खुल्यो

हिमालखबर


नारायणगढ–मुग्लिन सडकखण्डको सेती दोभानमा मंगलबार, २७ भदौ बेलुका सुक्खा पहिरो खसेपछि अवरुद्ध बनेको सडक सुचारु भएको छ ।

रातभर पहिरो पन्छाएर बिहान १ बजेदेखि सडक सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय, चितवनले जानकारी दिएको छ । 

उक्त सडक खण्डमा चट्टानसहितको पहिरो खसेको थियो । पहिरोसँगै खसेको ढुंगाले लागेर सडकमा गुडिरहेको ट्रकमा सामान्य क्षति पुगेको थियो । 

पहिरो खसेको ठाउँ नारायणगढबाट २० किलोमिटर मुग्लिनतर्फ पर्दछ । सोमबार राति परेको पानीले सडक हिलाम्ये भएपछि सो सडकखण्डमा सवारी चाप बढेको छ । रासस 

प्रतिकृया दिनुहोस