महोत्तरीमा सिलिन्डर बम विस्फोट
महोत्तरीको गौशाला नगरपालिका–८ मा ग्यास सिलिन्डर विस्फोट भएको छ ।
स्थानीयवासी उमेश महतोको उखुबारीमा ग्यास सिलिन्डर विष्फोट भए पनि खासै क्षति नभएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
स्थानीय तहको तेस्रो चरणको निर्वाचन आउन एक हप्तामात्र समय बाँकी रहेको समयमा निर्वाचन विरोधि तत्वले सर्वसाधारणमा त्रास फैलाउन खोजेको हुनसक्ने प्रहरीको अनुमान छ ।
घटनास्थलमा ग्यास सिलिन्डरको माथिको गोलो रिङ, कपडा र मोटरसाइकलको टायर जलेको अवस्थामा भेटेको प्रहरी नायब उपरीक्षक दीपक पोखरेलले बताए ।
मनोनयन दर्ताको एक दिन अगाडि पनि रातिको समयमा बर्दिबास नगरपालिका परिसर बाहिर टिफिन बट्टामा राखिएको विस्फोटक पदार्थ विष्फोट गरिएको थियो ।
हालसम्म कुनै समूह वा व्यक्तिले दुवै घटनाको जिम्मा नलिएको जिप्रका महोत्तरीले जनाएको छ ।
रासस