यु–१८ साफ च्याम्पियनसीपको नयाँ तालिका सार्वजनिक
दक्षिण एसियाली फुटबल महासंघले सार्वजनिक गरेको नयाँ तालिका अनुसार साफ च्याम्पियनसीप २०१७ मा नेपालको पहिलो भेट भुटानसँग हुने भएको छ । २ असोजबाट थिम्पुमा शुरु हुने च्याम्पियनसीपमा नेपालले ४ असोजमा आयोजकको सामना गर्न लागेको हो ।
तालिका अनुसार यु–१८ टीम नेपालले ६ असोजमा माल्दिभ्स, ९ असोजमा बंगलादेश र ११ असोजमा भारतसँग खेल्ने छ ।
आन्तरिक विवादका कारण श्रीलंका प्रतियोगितामा सहभागी नहुने भएपछि महासंघले नयाँ तालिका सार्वजनिक गरेको हो । पाकिस्तानले भने यसअघि नै च्याम्पियनसीप नखेल्ने घोषणा गरिसकेको थियो ।