आचारसंहिता विपरित मन्त्रिपरिषद विस्तारः आयोग
निर्वाचन आचारसंहिता विपरित मन्त्रिपरिषद विस्तार गरिएको निर्वाचन आयोगले जनाएको छ ।
२६ भदौमा आयोगले प्रेस विज्ञप्ती जारी गरी मन्त्रिपरिषद विस्तारले निर्वाचनमा असर पर्ने जनाएको छ । आयोगका प्रवक्ता नवराज ढकालद्वारा जारी विज्ञप्तीमा २६ भदौमा सरकारले गरेको मन्त्रिपरिषद विस्तार प्रति ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगले मन्त्रिपरिषद विस्तार कार्यले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनमा असर पर्ने उल्लेख गर्दैै यस किमिसका कार्य नगर्न नगराउन सरकारसँग आग्रह गरेको छ ।
१० र २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि १४ भदौदेखि नै निर्वाचन आचारसंहिता लागू भएको छ ।