माइक्रोम्याक्सको नयाँ मोबाइल बजारमा
मोबाइल फोन ब्राण्ड माइक्रोम्याक्सले नेपाली बजारमा नयाँ मोबाइल सार्वजनिक गरेको छ ।
माइक्रोम्याक्सले एक्स–७३०, एक्स–७४०, क्यू–३००१, क्यू–३३०१ सार्वजनिक गरेको हो ।
एक्स–७३० मोडलमा २.४ इन्चको स्क्रीन, ८ जीबी सम्म विस्तार गर्न सकिने मेमोरी, दुई सिम तथा १३०० एमएएचको ब्याट्री रहेको कम्पनीले जनाएको छ । यसको बजार मूल्य रु. एक हजार ८९२ तोकिएको छ ।
त्यस्तै २.४ इन्चको स्क्रीन, दुई सिम, १८०० एमएएचको ब्याट्री रहेको एक्स–७४० को मूल्य रु. दुई हजार ३५ रहेको छ ।
त्यसैगरी क्यू–३००१ मा १.२ गीगाहर्जको क्वाड कोर प्रोसेसर, तथा ५१२ एमबीको र्याम तथा ४ जीबीको रोम राखिएको छ । यसमा एन्ड्रोएड ६.० मार्शमाल्लो अपरेटिंग सिस्टम रहेको छ । १,४०० एमएएचको ब्याट्री रहेको क्यू–३००१ को मूल्य रु. पाँच हजार ६० तोकिएको छ ।
त्यस्तै पाँच हजार ७२० मूल्य तोकिएको क्यू–३३०१ मा ५१२ एमबीको र्याम तथा ४ जीबीको रोम रहेको छ । ५ मेगा पिक्सेलको रियर तथा २ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको कम्पनीले जनाएको छ ।