पर्सामा हतियार सहित एकजना पक्राउ
निर्वाचन नजिकिएका बेला पर्सा प्रहरीले कटुवा बन्दुक सहित एक भारतीयलाई पक्राउ गरेको छ ।
२५ भदौ राती जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलील २५ वर्षीय महम्मद शम्शेर आलमको साथमा रहेको एक थान कटुवा पेस्तोल (गोली भरिएको) बरामद गरेको पर्साका प्रहरी उपरिक्षक सुदिप गिरीले बताए ।
आलमले चलाईरहेको वि.आर.२२ एम ३२६३ नम्बरको मोटरसाइकलको सिटमुनि लुकाईएको अवस्थामा बन्दुक फेला परेको छिपाई ल्याईरहेको अवस्थामा चेकजा“च गर्ने क्रममा सो पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ ।
आलमले चाडपर्व नजिकिंदै गएकाले व्यवसायीलाई लुटपाट गर्ने उद्देश्यले वीरगंज आएको बयान दिएको प्रहरी उपरिक्षक गिरीले बताए ।
आलम यसअघि पनी १४ असार २०६८ मा वीरगंजको माईस्थान चोकस्थित अलंकार ज्वेलर्समा सुनका गहना लुट्ने क्रममा पक्राउ परेका व्यक्ति हुन् ।
चार वर्ष जेल सजाय भुक्तान गरेका आलम डेढ वर्ष अगाडि छुटेका थिए ।