गौतमश्री मार्टको दोस्रो आउटलेट शुरू
गौतमश्री बिजनेश ग्रुपले गौतमश्री मार्टको दोस्रो आउटलेट शुरुअात गरेको छ ।
दोस्रो आउटलेटले गौतमश्री अर्गानिक एण्ड काउ फर्मबाट उत्पादित दूध, दही, पनिर र घिउ लगायत ग्रोसरी सामानको कारोबार गरिरहेको छ ।
मार्टको शुरुआत भएको हरेक सामान खरिद गर्दा ५ देखि २० प्रतिशतसम्म छुट दिइएको छ ।
मार्टमा नाइक, एडिडास र गौतम ग्रुपकै स्वामित्व रहेको एस एण्ड एस गार्मेन्टबाट उत्पादित ५३ भन्दा बढी भेराइटीका गार्मेन्ट उत्पादनहरू बिक्रीका लागि राखिएका छन् ।