कपिलवस्तुः खोलामा डुबेर दुई युवतीको मृत्यु
कपिलवस्तुको यशोधरा गाउंपालिका–२ का दुई जना युवतीको खोलामा डुबेर मृत्यु भएको छ ।
कुचो बनाउने घांस लिन खोला किनारमा गएका ३३ वर्षीया ईन्द्रावती यादव र १५ वर्षीया रीमा कोहारको खोलामा डुबेर मृत्यु भएको हो ।
खोला किनारमा घांस काटिरहेकी रीमा अचानक खसेर डुब्न थाले पछि उनलाई बचाउन खोज्दा ईन्द्रावती यादव पनि डुबेको प्रहरीले जनाएको छ ।
दुवै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवामा राखिएको प्रहरी नायब उपरीक्षक प्रल्हाद अधिकारीले बताए ।
गोपाल भण्डारी, कपिलवस्तु