मेडिकल शिक्षा शुल्कमा फेरि चलखेल हुँदैछ: डा केसी
डा गोविन्द केसीले एमबीएस तथा बीडीएस कार्यक्रमको शुल्क मन्त्रिपरिषदले तोकेभन्दा बढी नलिने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेका छन् ।
आज एक विज्ञप्ति जारी गर्दै डा केसीले २०७४/०७५ लागि एमबीबीएस कार्यक्रमको शुल्क ३८,५०,००० (उपत्यकाभित्र) र ४२,४५,००० (उपत्यकाबाहिर) तथा बीडीएस कार्यक्रमको शुल्क रु १९,३२,६१२ भनेर यस अगाडि नै मन्त्रिपरिषदले अनुमोदन गरिसकेकोमा अहिले शुल्क निर्धारणमा फेरि चलखेल भइरहेकाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
उनले वार्षिक अधिकतम विद्यार्थी संख्या यस वर्षदेखि १०० हुने सरकारकै निर्णयको पनि स्मरण गराएका छन् ।
"सरकारले शुल्क तोकिसकेको यो विषयमा कुनै चलखेल नगरी किस्ताबन्दीमा सोही रकम लिने व्यवस्था गर्न गराउन र तोकिएभन्दा बढी शुल्क लिने मेडिकल कलेजहरुको सम्बन्धन खारेजीसम्म गर्न तथा त्यस्तो निर्णय गर्ने पदाधिकारीहरुलाई बर्खास्त गर्न नेपाल सरकारको ध्यानाकर्षण गर्दर्छौं," विज्ञप्तिमा उल्लेख छ ।
साथै स्नातकोत्तर तहको शुल्क त्रिवि अन्तर्गतका निजी मेडिकल कलेजहरुमा समेत काठमाडौं विश्वविद्यालय सरह २२.५ लाख गराउन डा केसीले माग गरेका छन् ।
यसैबीच त्रिवि अन्तर्गतका निजी मेडिकल कलेजहरुले विद्यार्थीहरुलाई ब्ल्याकमेल गरेर ज्यादतीपूर्ण रुपमा तोकिएको शुल्क ९३१ लाख रुपैयाँ० माथि समेत थप ठूलो रकम असुलेको भन्ने जानकारी आएको र अब स्नातक तहको नयाँ भर्नाको समय भएकाले फेरि चलखेल हुनसक्ने डा केसीले बताएका छन् ।