समाचारशुक्रवार, भाद्र २३, २०७४

मधेशी आयोगसम्बन्धी विधेयक पारित

हिमालखबर

व्यवस्थापिका–संसद्को आजको बैठकले संविधानबमोजिमको मधेसी आयोगसम्बन्धी विधेयक, २०७४ सर्वसम्मतिले पारित गरेको छ । 

उक्त विधेयक उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारका तर्फबाट भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहितले पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । 

विधेयकका सम्बन्धमा उठेका प्रश्नको जवाफ दिँदै भूमिसुधार मन्त्री दहितले विधेयकमा मधेशी, जनजाति लगायतका आन्दोलनका भावना समेटिएको जानकारी गराउँदै सरोकारवालाका माग सम्बोधन भएको बताए । 

विधेयकसम्बन्धी छलफलमा भाग लिँदै सांसदहरु योगेन्द्र चौधरी, कल्पना चौधरी, प्रेम सुवाल, नागेन्द्र कुमाल, पेम्बा गुरुङ बोटे लगायतले विधेयकमा थारु समुदायका पहिचान र संस्कृतिलाई समेटिनुपर्ने सुझाव दिएका थिए  । 

यसअघि बैठकमा सभामुख ओनसरी घर्तीले प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी विधेयक, प्रदेशसभा सदस्य निर्वाचनसम्बन्धी विधेयक, विद्युत् नियमनसम्बन्धी विधेयक र श्रमसम्बन्धी विधेयक प्रमाणीकरण गरी पठाइएको राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाएका थिए । 

त्यस्तै सभामुख घर्तीले माओवादी केन्द्रका सांसद योगेन्द्र तामाङ घिसिङले पदबाट राजीनामा दिएपछि व्यवस्थापिका–संसद् नियमावलीको नियम २२२ को उपनियम १ बमोजिम स्थान रिक्त भएको जानकारी गराएकी थिइन्उ ।
रासस 

 
 
 
 
 
 
 
 

प्रतिकृया दिनुहोस