निर्वाचन सुरक्षित बनाऊः राप्रपा
राप्रपाले आफ्ना केन्द्रीय सदस्य तथा धनुषाधाम नगरपालिकाको मेयरका उम्मेदवार प्रेक्षा मल्लको घरमा भएको बम विस्फोटको घटनाको निन्दा गर्दै निर्वाचन सुरक्षित बनाउन सरकारसँग माग गरेको छ ।
स्वस्थ चुनावी प्रक्रियामा रहेको उम्मेदवारलाई विचलित पार्ने उद्देश्यबाट प्रेरित घटना भन्दै राप्रपाले उक्त घटनालाई ‘प्रजातन्त्रको उपहास र नागरिकको अधिकार माथि धावा बोलेको’ भनेको छ ।
घटनाको छानविन गरी दोषिलाई कारबाहीको दायरामा ल्याउन र उमेदवारलाई निर्भयका साथ जनतामाझ पुग्ने वातावरण निर्माण गर्न पनि राप्रपाले निर्वाचन आयोग र सरकारसँग माग गरेको छ ।
२२ भदौ राति धनुषाधाम नगरपालिकाको मेयरकी उम्मेदवार प्रेक्षा शाह मल्लको घरमा बम विष्फोट भएको थियो । विष्फोटबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।