चीनसँग उर्जा सहकार्य समझदारी
चीन र नेपालबीच उर्जा सहकार्य गर्नेबारे समझ्दारी–पत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।
तुफान न्यौपाने, बेइजिङ
उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराको चीन भ्रमणका क्रममा उर्जा मन्त्रालय र चिनियाँ राष्ट्रिय उर्जा प्रशासनबीच २२ भदौ साँझ् बेइजिङस्थित नेपाली दूताबासमा समझ्दारी पत्रमा हस्ताक्षर भएको हो ।
नेपालको उर्जा मन्त्रालयको तर्फबाट दूताबासका मिनिस्टर सुशील लम्साल र चीनको राष्ट्रिय उर्जा प्रशासनका तर्फबाट उपनिर्देक ह याङले हस्ताक्षर गरेका छन् ।
यो समझ्दारीले दुई देशका बीचमा विद्युत उत्पादनको सम्भाव्यता अध्ययनदेखि उर्जा उत्पादन र अन्दरदेशिय प्रसारण लाइन विस्तारसम्ममा संयुक्त लगानी गर्ने विषयमा सहकार्य फराकिलो पार्ने बेइजिङस्थित नेपाली दूताबासले प्रेस विज्ञप्तीमार्फत जनाएको छ ।
त्यस्तै बेइजिङस्थित ‘जोङचिङरुन टुरिज्म इन्भेष्टमेन्ट’ कम्पनी र नेपाली दूताबासबीच बौद्धिष्ट पर्यटन लगायत नेपालको समग्र पर्यटन पवद्र्धन गर्नेबारेमा पनि समझ्दारी–पत्रमा हस्ताक्षर भएको छ ।
उपप्रधान तथा परराष्ट्रमन्त्री महराको स्वागतमा नेपाली दूताबासले दिएको रात्रीभोज अघि दूताबासमा यी समझ्दारी–पत्रमा हस्ताक्षर भएको हो । त्यसअघि २२ भदौमा नै महराले चिनियाँ प्रधानमन्त्री लि खछ्याङ, उपप्रधानमन्त्री वाङ यी र स्टेट काउन्सिलर याङ चेछसँग पनि भेटवार्ता गरेका थिए ।
प्रधानमन्त्री लि खछ्याङसँगको भेटवार्तामा दुई देशबीचमा ‘कनेक्टिभिटी’ बढाउन भौतिक पूर्वाधार निर्माण, ब्यापार लगानी र पर्यटन प्रवद्र्धनका क्षेमा संयुक्त रुपमा काम गर्ने विषयमा छलफल भएको थियो ।
त्यसक्रममा परराष्ट्रमन्त्री महराले नेपाल–चीनबिच अन्दरदेशीय रेल–वे सेवा विस्तारलाई राष्ट्रिय प्राथमिकतामा राख्न नेपालका सबै प्रमुख राजनीतिक नेताहरूबीच आम सहमति रहेको बताएका थिए ।
चिनियाँ दूतावासले जनाए अनुसार नेपाल–चीन जोड्ने रेल–वे परियोजनाको प्राविधिक अध्ययन गर्नका लागि आवश्यक कदम चाल्न दुवै पक्ष सहमत भएका छन् ।
त्यस्तै स्टेट काउन्सिलर याङ चेछसँगको भेटका क्रममा महराले बेल्ट एण्ड रोड इनिसिएटिभ अन्तरगतका परियोजना छनोट र त्यसको कार्यान्वयन गर्न नेपाल सरकारले उच्च महत्व दिने बताएका थिए ।
स्टेट काउन्सिलर याङले बेल्ट एण्ड रोड इनिसिएटिभ अन्तरगतका दीर्घकालीन महत्वका परियोजना कार्यान्वयनबाट द्धिपक्षीय फाइदा हुने र त्यसले दुई देशबीचको सम्बन्ध अझ् विश्वासिले हुने बताएका थिए ।
६ दिने चीन भ्रमणमा आएका उपप्रधानमन्त्री महराले आज २३ भदौमा ‘चाइना फरेन अफयेर्स युनिभर्सिटी’ मा ‘हिमालय क्षेत्रको विकासका लागि नेपाल–चीन साझ्ेदारी’ विषयमा प्रवचन दिँदैछन् ।