बाल यौन दुराचारको आरोपमा अष्ट्रियन नागरिक पक्राउ
बाल यौन दुराचार (पेडोफाइल) गरेको आरोपमा एक जना अस्ट्रियन नागरिक पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले २१ भदौ राती १२ बजे पक्राउ गरेको हो । उनको नाम खुलाएको छैन । उनले धादिङको गोगनपानी घर भएका बालकलाई यौन दुराचार गरेको आरोप लागेको छ ।
बाल यौन दुराचारमा संलग्न ती नागरिकलाई २३ भदौमा अदालत उपस्थित गराउने तयारी गरेको सीआईबी स्रोतले जनाएको छ ।
यस अघि सीआईबीले यौन दुराचारको आरोपमा जर्मन नागरिक अल्बर्ट फ्रेड क्लिनिकेलाई पनि पक्राउ गरेको थियो ।