प्रदेश-२ मा ३६ हजार ७३ को उम्मेदवारी दर्ता
तेस्रो चरणअन्तर्गत २ असोजमा हुने प्रदेश-२ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा हुने निर्वाचनका लागि ३६ हजार ७३ जनाले मनोयन दर्ता गराएका छन् ।
निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट प्राप्त पछिल्लो जानकारी अनुसार निर्वाचन हुने स्थानीय तहका विभिन्न पदमध्ये प्रमुख/अध्यक्ष पदमा एक हजार ७८३, उपप्रमुख/उपाध्यक्ष पदमा एक हजार १३० र वडाध्यक्ष पदमा आठ हजार १८ जनाको मनोनयन दर्ता भएको छ ।
यसैगरी, खुल्ला सदस्य २ पदमा १३ हजार ७७, महिला सदस्यमा ६ हजार ३६० र महिला दलित सदस्यमा पाँच हजार ७०५ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । उम्मेदवारी दर्तासम्बन्धी विवरणलाई प्रशोधन गरी एकीन गर्ने कार्य जारी रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए ।
स्थानीय तहकोे निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता कार्य २१ भदौमा भएको थियो । तेस्रो चरणअन्तर्गत स्थानीय तहको यस निर्वाचनबाट एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकाका गरी कूल ६ हजार ६२७ जन प्रतिनिधिहरु निर्वाचित हुनेछन् । रासस