ओप्पोको ए–३७ ब्ल्याक एडिशन
ओप्पोले नेपाली ग्राहकका लागि आफ्नो सेल्फी एक्स्पर्ट ए–३७ लाई कालो रंगमा उपलब्ध गराएको छ ।
ग्राहकहरुलाई क्यामेरा फोनमार्फत पृथक अनुभव दिने सोचका साथ ओप्पो ए३७ कालो रंगमा उपलब्ध गराएको हो ।
यो स्मार्ट फोन मार्फत न्यून प्रकाश भएको समयमा पनि उत्कृष्ट फोटो खिच्न सकिने ओप्पोले जनाएको छ ।
डिस्प्लेको माध्यमबाट फ्ल्यास फाल्ने प्रविधि अर्थात् स्क्रिन फ्ल्यासको सुविधा रहेको छ । ओप्पो ए–३७मा २ जीबी र्याम र ६४ बिट स्न्यापड्रायगन क्वाडकोर प्रोशेसरको प्रयोग गरिएको छ ।
ए–३७मा ५ मेगापिक्सलको फ्रन्ट र १.४ म्यूएम पिक्सेल क्षमता सहितको ८ मेगा पिक्सेलको रियर क्यामेरा रहेको छ । ब्ल्याक एडिशनको मूल्य रु. १५ हजार ५९० निर्धारण गरिएको छ ।