८८ किलो सुन ओसारपसारको आरोपमा दुईजना पक्राउ
८८ किलोग्राम सुन ओसारपसार गरेको आरोपमा रसुवाबाट दुईजना सवारी चालकलार्य पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय, रसुवाका प्रमुख शरतकुमार थापाक्षेत्रीका अनुसार पक्राउ पर्नेमा रसुवाको स्याफ्रुबेँसीका दम्बा तामाङ र सिन्धुपाल्चोकका दिलीप खड्का रहेका छन् ।
दम्बाले चिनियाँ भूभागमा र दिलीपले नेपाली भूभागमा सुन बोकेको मोटर ओहोरदोहोर गराउने काम गरेको पाइएकाले पक्राउ गरी अनुसन्धानका लागि काठमाडौँ पठाइएको प्रहरी प्रमुख थापाक्षेत्रीले बताए ।
रसुवागढीदेखि बेत्रावतीसम्म रसुवा जिल्लाको आधार इलाकाभित्र नेपाल प्रहरीको ६, सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म र नेपाली सेनाको तीन/तीनवटा जाँच परीक्षणको पोस्ट रहेका छन् ।
नेपाल–चीनको सीमा क्षेत्रको पोस्टबाहेक अन्य पोस्टमा सुन ओसारपसारमा प्रयोग भएको बा. १७ च. ६४२७ नं.को टाटा सफारीकार दर्ता भएको अभिलेख नभेटिएको प्रहरीले जनाएको छ । रासस