प्रदेश-२ मा २६ हजार ६५२ जनाको उम्मेदवारी दर्ता
प्रदेश-२ का ८ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा २६ हजार ६५२ उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगमा स्थापित संयुक्त निर्वाचन सञ्चालन केन्द्र ९जेइओसी०का अनुसार प्रमुख एवं अध्यक्षमा एक हजार ४७७, उपप्रमुख एवं उपाध्यक्षमा ९४९, वडाध्यक्षमा पाँच हजार ८८५ उम्मेदवारी परेको छ ।
त्यस्तै, महिला सदस्यमा चार हजार ८८६, खुल्ला सदस्यमा नौ हजार ५८२ र दलित सदस्यमा तीन हजार ८७३ उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।
प्रमुख एवं अध्यक्षमा सबैभन्दा बढी सर्लाहीमा २३० उम्मेदवारी परेको छ भने कममा १४६ रौतहटमा परेको विवरण प्राप्त भएको छ ।
निर्वाचन हुने १३६ स्थानीय तहमध्ये आयोगमा १३४ को उम्मेदवारी विवरण आएको छ भने सिरहा नगरपालिका र सोही जिल्लाको धनगढीमाई नगरपालिकाको विवरण भने अझै आउन बाँकी रहेको केन्द्रले जनाएको छ ।
२ असोजमा हुने निर्वाचनको लागि २१ भदौमा मनोनयन दर्ता गरिएको थियो । रासस