सेकुवा मेला हुने
बाजेको सेकुवाको आयोजनामा ७ असोजमा काठमाडौंको भृकुटी मण्डपमा ‘सेकुवा मेला–२०७४’ हुने भएको छ ।
२१ भदौमा बाजेको सेकुवाले पत्रकार सम्मेलनको आयोजना गरी सेकुवा मेला आयोजना गर्न लागको जनाएको छ । दिउसो ३ देखि ९ बजेसम्म चल्ने मेलामा बाजेको मसालामा मोलिएका २० थरी सेकुवा राखिने छन् । मेलाको आकर्षणमा होल मटन बार्बिक्यू रहेको बाजेको सेकुवाले जनाएको छ ।
मेलास्थल प्रवेशका लागि रु.१ हजार ५ सयको शुल्क लाग्ने छ भने १२ वर्षमूनिका बालबालिकाका लागि रु.९०० मा टिकट खरिद गर्न सकिनेछ । टिकट लिएपछि चाहेजति बिभिन्न परिकारका सेकुवा खान पाइने जनाएको छ ।
टुबोर्गले प्रायोजन गरेको सेकुवा मेलामा रोहित जोन क्षेत्री र कुटुम्ब ब्याण्डको सांगीतिक प्रस्तुति रहने जनाएको छ ।