नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज
त्रिभुवन विश्वद्यालयले काठमाडौं नेशनल मेडिकल कलेजलाई दिएको सम्बन्धन खारेज गरेको छ ।
१२ साउनमा त्रिविले काठमाडौं नेशनललाई अस्थायी सम्बन्धन दिने निर्णय गरेको थियो । तर त्यसको चौतर्फी विरोध भए पछि सम्बन्धन स्थगन गरेको थियो ।
डा गोविन्द केसी र नेपाल मेडिकल एशोसिएसनसँग सरकारले १० वर्षसम्म काठमाडौं उपत्यका कुनै पनि मेडिकल कलेजलाई सम्बन्धन नदिने भनी गरेको सम्झौता विपरित पूर्वाधार नै नभएको कलेजलाई दिइएको सम्बन्धन स्थगन नभई खारेज नै गर्नुपर्ने दबाब बढेपछि त्रिविले सम्बन्ध खारेज गरेको हो ।
यसअघि त्रिविले एउटा छानविन समिति पनि गठन गरेको थियो । उक्त समितिले दिएको प्रतिवेदनका आधारमा नेशनलको सम्बन्धन खारेज गरिएको त्रिवि कार्यकारी परिषदले जनाएको छ ।