नर्थ ह्याम्टनका प्रतिनिधि नामी कलेजमा
बेलायतको नर्थ ह्याम्टन विश्वविद्यालयका प्रतिनिधिले काठमाडौंमा रहेको नामी कलेजको अवलोकन भ्रमण गरेका छन् ।
विश्वविद्यालयको एकेडेमिक पार्टनरसिप (एपिओ) प्रा. ह्यास्टिङ् क्याक्यान्जी र इन्टरनेशनल अफिसर योभानोफ हिदरले नामीको भ्रमण गरेका हुन् ।
कलेजमा भएका पछिल्ला गतिविधिबारे जानकारी लिन, नयाँ विद्यार्थी भर्नाका लागि आवश्यक तयारी गर्न तथा कलेजको संस्थागत विकास र प्राज्ञिक योजनाका बारेमा जानकारी लिने उद्देश्यले अवलोकन भ्रमण गरेको नामी कलेजले जनाएको छ ।
अवलोकन भ्रमणको क्रममा नामी कलेजले नर्थ ह्याम्टनका विश्वविद्यालयको सम्बन्धनमा सञ्चालन गरिरहेका शैक्षिक कार्यक्रमको स्तरोन्नती, नयाँ कार्यक्रमकोे सम्भावना, अध्ययन तथा अनुसन्धानको क्षेत्रमा भविष्यमा सहकार्य गर्न सकिने सम्भावना लगायतका विषयमा छलफल भएको थियो ।
नामी कलेजले नर्थ ह्याम्टन विश्वविद्यालयको सम्बन्धनमा एमबीए, बीबीए (अनरेबल), बीएस्सी (अनरेबल) इन्भाइरोमेन्ट साइन्स, ए लेभल लगायतका कोर्स सञ्चालन गरिरहेको छ ।