कला/साहित्यआइतवार, भाद्र १८, २०७४

भूकम्पमा भत्किएका सम्पदाका चित्रहरु प्रदर्शनीमा

हिमालखबर

भूकम्पमा भत्किएका सांस्कृतिक सम्पदाको चित्रहरुको प्रदर्शनी दरबारमार्गस्थित आजु आर्ट ग्यालरी, शेर्पा मलमा शुरु भएको छ ।

प्रदर्शनीको उद्घाटन समारोहमा बोल्दै शिक्षाविद् केदारभक्त माथेमा ।

१८ भदौमा शिक्षाविद् केदारभक्त माथेमाले कलाकार सुशीला सिंहले कोरेका चित्रहरुको प्रदर्शनी ‘कस्मिक सेड्स’को उद्घाटन गरेका छन् । ‘पेन एन्ड इन्क’का माध्यमबाट कोरिएका कलाकार सिंहका चित्रहरुको प्रदर्शनी उद्घाटन गर्दै शिक्षाविद् माथेमाले प्रशंसा गरे । उनका चित्रहरुमा भावनात्मक लगाव देखिएको बताउदै शिक्षाविद् माथेमाले भने, “उनका चित्रहरुमा सांस्कृतिक सम्पदा मात्रै छैन, जीवन छ ।”

प्रदर्शनीमा बायाँबाट क्रमशः कलाकार सुशीला सिंह, उनका गुरु बाबु राजा धेउला र शिक्षाविद् केदारभक्त माथेमा ।

भूकम्पमा भत्किएका सांस्कृतिक सम्पदास्थलमै पुगेर कलाकार सिंहले चित्र कोरेकी हुन । प्रदर्शनीमा उपत्यकाका तीनवटै जिल्लाका सम्पदाहरुका ३२ वटा चित्र राखिएका छन् ।

स्कुल अफ क्रिएटिभ कम्युनिकेशन्स् (एससीसी)ले आयोजना गरेको प्रदर्शनी २५ भदौसम्म चल्नेछ ।

र यो पनि
लौकिक चित्र

प्रतिकृया दिनुहोस