क्यास्परस्कीको नयाँ संस्करण सार्वजनिक
रसियन कम्पनी क्यास्परस्की ल्याबको नेपालका लागि आधिकारिक बिक्रेता सागर टेक्नोलिङ्कले नेपाली बजारमा क्यास्परस्कीको नयाँ संस्करण सार्वजनिक गरेको छ ।
सागर टेक्नोलिङ्कल क्यास्परस्की एण्टीभाइरस सफ्टवेयरको क्यास्परस्की इन्टरनेट सेक्युरिटी, क्यास्परस्की एन्टीभाइरस र क्यास्परस्की टोटल सेक्युरिटी सार्वजनिक गरेको हो ।
२० वर्षदेखि विश्वभर डिजिटल सुरक्षा गर्दै आएको क्यास्परस्की सफ्टवेयरको नेपालमा भने सन् २००८ देखि व्यावसायिक बिक्री वितरण शुरु भएको थियो ।
क्यास्परस्कीको प्रयोगले साइबर अपराधको जोखिम कम गर्नुको साथै व्यक्तिगत डाटा, आर्थिक कारोबार, अनलाइन भुक्तानी तथा बैंकिङ्ग, पासवर्डलाई सुरक्षित बनाउने कम्पनीले दाबी गरेको छ ।
सागर टेक्नोलिङ्कले दशैं अवधिभर ग्राहकहरुलाई विशेष सहुलियत समेत दिने जनाएको छ । १७५० मूल्य रहेको ३–डिभाइस एण्टीभाइरसलाई रु. ८७५ तथा रु. १,००० मूल्य रहेको १–डिभाइस एण्टीभाइरस को रु. ५०० तोकिएको कम्पनीले जनाएको छ ।
त्यसैगरी इन्टरनेट सेक्युरिटी र टोटल सेक्युरिटी प्रडक्टहरुमा पनि ५० प्रतिशतसम्म छुट दिइएको छ ।