सेजन अध्यक्षमा आचार्य निर्वाचित
नेपाल आर्थिक पत्रकार समाज (सेजन)का अध्यक्षमा पुष्पराज आचार्य निर्वाचित भएका छन् ।
१६ भदौमा सम्पन्न १८औँ वार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रमबाट ११८ मतका साथ आचार्य विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी मोदनाथ ढकालले १०६ मत प्राप्त गरे ।
यस्तै उपाध्यक्षमा प्रभात भट्टराई १३७ मत पाएर विजयी भएका छन भने उनका निकटतम प्रतिद्वन्द्वी रामराजा श्रेष्ठले ८८ मत पाएका छन् ।
महासचिवमा भीमप्रसाद गौतमले १०६ प्राप्त गरी विजयी हुँदा उनका प्रतिद्वन्द्वी जनार्दन बरालले ७० र अर्का उम्मेदवार अनुजराज ढुंगेलले ४९ मत प्राप्त गरे । सचिव सुजन ओलीले १३० मत पाएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी नवीन अर्यालले ९२ मत प्राप्त गरे ।
कोषाध्यक्षमा भागवत भट्टराईले १२३ मत प्राप्त गरी विजयी भए भने प्रतिद्वन्द्वी सरस्वती ढकालले ९८ मत प्राप्त गरिन् ।
त्यसैगरी सदस्यमा एलिजा उप्रेती (१५७), हिमाल पौडेल (१४५), सागर घिमिरे (१२८), कृष्ण रिजाल (१०९) र शिव बोहोरा (९९) विजयी भएका छन् । रासस