बुटवल उपमहानगरपालिकाको बजेट एक अर्ब ६३ करोड
बुटवल उप–महानगरपालिकाले आर्थिक वर्ष २०७४/७५ का लागि रु एक अर्ब ६३ करोडको बजेट सार्वजनिक गरेको छ ।
३२ साउनबाट शुरु भएर ११ भदौमा सम्पन्न नगरसभा बैठकले पारित गरेको बजेट, नीति तथा कार्यक्रम आज सार्वजनिक गरिएको हो ।
बुटवल उपमहानगरका मेयर शिवराज सुवेदीले बजेट सार्वजनिक गर्दै विकास निर्माणको कार्यलाई विशेष प्राथमिकता दिइएको जानकारी दिए ।
बजेटमा पूर्वाधार विकास कार्यक्रमका लागि रु एक अर्ब २५ करोड ७२ लाख विनियोजन गरिएको छ भने सामाजिक विकास कार्यक्रमका लागि आठ करोड १२ लाख विनियोजन गरिएको सुवेदीले जानकारी दिए ।