केएनपीको कलरफूल सपना अफर
कन्साई नेरोल्याक पेन्ट्स (केएनपी) जापान प्रालिले दशैं तथा तिहारको अवसरमा केएनपी कलरफूल अफर ल्याएको छ ।
यो अफर अन्तर्गत ग्राहकहरुले रु. ६० हजार भन्दा माथिको केएनपी कलर खरिद गर्दा टाइमेक्स गाडी प्राप्त गर्नेछन् ।
त्यसैगरी लक्की ड्र मार्फत १२ जना ग्राहकले ३२ इन्चको सामसङ एलइडी टिभी र १२ जनाले नै सामसङ जे फाइभ प्राइम मोबाइल जित्न सक्नेछन् ।
त्यस्तै बम्पर उपहारमा एक जोडीले सिंगापुर घुम्ने अवसर प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ ।
यो अफर १६ भदौदेखि १५ कार्तिकसम्म एक्सेल टोटल, एक्सेल, इम्प्रेसन र ब्यूटी गोल्ड इम्लसन्स खरिद गर्दा लागू हुने कम्पनीले जनाएको छ ।