हिरोका दुई नयाँ स्कूटर
हिरो मोटोकर्प लिमिटेडले दुई नयाँ स्कूटर सार्वजनिक गरेको छ ।
कम्पनीले माइस्ट्रो एज र न्यू प्लेजर गरी दुई स्कूटर सार्वजनिक गरेको हो ।
माइस्ट्रो एजमा ११०.९ सिसीको एयर–कुल्ड इन्जिन रहेको छ । यसमा ई–कोड सहितको चाबी, मोबाइल चार्जिङ पोर्ट, सिट र फ्युल–लिड खोल्ने रिमोट कन्ट्रोल, लगायतका विशेषता रहेका छन् ।
माइस्ट्रो एज टेक्नो ब्लु, क्याण्डी ब्लेजिङ र प्यान्थर ब्ल्याक गरी तीन रंगमा उपलब्ध छ । यसको मूल्य.रु. १ लाख ८१ हजार तोकिएको कम्पनीले जनाएको छ ।
त्यस्तै न्यू प्लेजरमा १०२ सिसीको एयर–कुल्ड इन्जिन रहेको छ ।
यसमा मोबाइल चार्जिङ पोर्ट, साइड स्टयाण्ड इण्डिकेटर र बुट लाइट लगायतका विशेषता रहेका छन् । फायरी रेड, म्याट ग्रे र ह्वाइट गरी तीन रंगमा उपलब्ध न्यू प्लेजरको मूल्य रु. १ लाख ६५ हजार ५०० कायम गरिएकोे छ ।